कोरोना भाइरसको सङ्क्रमणबाट थप दुई जना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण दुई जनाको मृत्यु भए सँगै नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ६२ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा पीसीआर र एन्टिजेन गरी पाँच हजार २५ जनाको नमुना परीक्षण गर्दा सात १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज थपिएका सात सय १० जनासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार दुई सय ३६ जना पुगेको छ । यही अवधिमा दुई सय १५ जना सङ्क्रमित निको भएका छन् ।