सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्सेमा १२ अंकको वृद्धि

नेप्सेमा १२ अंकको वृद्धि

नागरिक पाटी

१३, श्रावण २०७९
  • 5.4K
    SHARES
  • नेप्सेमा १२ अंकको वृद्धि
    images

    शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा १२ अंकमाथिको वृद्धि भएको छ । अघिल्लो दिन १५ अंकले बढेको बजारमा शुक्रबार थप १२.९२ अंकले बढ्दै नेप्से सूचक २१ सय ४०।३९ विन्दुमा उक्लिएको हो ।

    images

    दुई घण्टा खुलेको बजारमा आज सेन्सेटिभ इन्डेक्स समेत ३.८६ अंकले बढ्दै ४०९.४८ अंकमा उक्लिएको छ । यस दिन हाइड्रोपावर, निर्जीवन बीमा र म्युचुलअल फन्ड बाहेक अन्य सबै उपसूचक धनात्मक भएका छन् ।

    सबैभन्दा बढी आज डेभलपमेन्ट बैंक समूहको उपसूचक ४.६५ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक ३.८४ प्रतिशतले बढेका छन् । बाँकी अन्य समूहहरूको उपसूचक १ प्रतिशतभन्दा कम प्रतिशतले बढेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १३, २०७९ शुक्रवार - १८:५२:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology