सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार सामान्य बढ्यो

शेयर बजार सामान्य बढ्यो

नागरिक पाटी

१६, श्रावण २०७९
  • 5.5K
    SHARES
  • शेयर बजार सामान्य बढ्यो
    images

    शेयर बजार परिसूचक नेप्से आज एक दशमलव १५ अङ्कले बढेर दुई हजार एक सय ९६ दशमलव २५ विन्दुमा पुगेको छ । हिजो साढे ५४ अङ्कले घटेको शेयर बजार आज भने सामान्य मात्रै बढेको हो ।

    images

    आज बैंकिङ, व्यापार, जलविद्युत्, उत्पादन र लगानी समूहको शेयर बढेको छ । दुई सय १७ वटा कम्पनीका एक करोड पाँच लाख १८ हजार कित्ता शेयर चार अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३८ करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज बुटवल पावर कम्पनी, गुडविल फाइनान्स र सिटिजन म्युचल फन्डको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ । स्वाभिमान लघुवित्तको शेयर भने पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १६, २०७९ सोमवार - १६:१०:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology