पछिल्लो २४ घण्टामा धादिङको धुनिवेशीका ५ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ । ११ एन्टिजेन परिक्षणमा ५ जनामा सँक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लाको सक्रिय केश २२ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
सँक्रमित मध्ये सबैभन्दा धेरै धुनिवेशीका मात्र १७ जना रहेका छन् । यो बाहेक निलकण्ठ नगरपालिकाको १, बेनिघाट गाउँपालिकाको १, ज्वालामुखी गाउँपालिकाको २ र त्रिपुरासुन्दरी गाउँपालिकाको १ जना कोरोना सँक्रमित रहेका छन् । सँक्रमित सबैजना होम आईशोलेशनमा रहेका छन् । यस्तै जिल्लाभर थप ७ जना सँक्रमित सँक्रमणमुक्त भएका छन् ।