सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड

मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड

नागरिक पाटी

१७, श्रावण २०७९
  • 4.2K
    SHARES
  • मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड
    images

    मन्दाकिनी हाइड्रोपावर कम्पनीको आईपीओ आज बाँडफाँड भएको छ । कम्पनीको आईपीओ मंगलबार बाँडफाँड भएको हो । कम्पनीको आईपीओ बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड भएको थियो ।

    images

    कम्पनीको आईपीओ रितपूर्वक आवेदन दिने १ लाख ९ हजार ३ सय ७४ जनाले सेयर हात पारेका छन् । यी मध्ये ९ जनाले ११ कित्ता सेयर प्राप्त गरेका छन् भने बाँकै सबैले १०/१० कित्ता सेयर पाएका छन् ।

    कम्पनीले साउन ९ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड ७६ लाख ७३ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्काशन गरेको थियो ।

    जसमध्ये जारी पूँजीको २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि, ५८ हजार ८०३ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १० लाख ९३ हजार ७४९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

    अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १६ लाख १० हजार ९ सय २६ जना लगानीकर्ताहरूले १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको १ करोड ८० लाख ८१ हजार एक सय ८० कित्ताका लागि आवेदन दिएका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १७, २०७९ मंगलवार - १७:३७:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology