श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँड आज श्रावण १८ गते बिहान समा मार्ग, काठमाडौं स्थित शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको छ।
मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल १५ लाख ४३ हजार ९४५ जना आवेदन मध्ये योग्य आवेदक १५ लाख ३९ हजार ५०५ जनाले आवेदन दिएकोमा १३ लाख १२ हजार ५०३ जना आवेदकको हात खाली भएको छ।
बाँकी आवेदकमा २ लाख २६ हजार ९९७ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् भने भाग्यमानी ५ जनाले ११ कित्ताको दरले पाएका छन्। हाईड्रोपावरको आइपिओमा १ करोड ७० लाख १५ हजार ७९० कित्ताको लागि कुल रु १ अर्ब ७० करोड १५ लाख ७९ हजार बराबरको आवेदन परेको थियो। आवेदकले आइपिओ रिजल्ट कम्पनी तथा बिक्री प्रबन्धकको वेभसाइट र सिडिएससीको आइपिओ रिजल्ट हेर्ने वेभसाइटबाट हेर्न सक्नुहुन्छ।
श्वेतगंगा हाइड्रोपावरले जारी पूँजी रु १ अर्ब ५९ करोड ३० लाख को १५५ ले हुने अर्थात प्रति कित्ता रु १०० अंकित दरका २३ लाख ८९ हजार ५०० कित्ता शेयर मध्ये ५५ ले हुने अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरी बाँकी रहने २२ लाख ७० हजार २५ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो।