सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। यसदिन नेप्से परिसूचक ३८.६१ अंकले घटेर २१४८.१६ विन्दुमा अडिएको छ। यसदिन सेन्सेटिभ इन्डेक्स ८ अंक बढीले घटेर ४१२.२५ विन्दुमा झरेको छ।
नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। बुधबार २१८ कम्पनीको ९५ लाख ४२ हजार ६०७ कित्ता सेयर ४ अर्ब २ करोड ९९ लाख ४ हजार २५१ रुपैयाँमा कारोबार भएको थियो।
आज २१५ कम्पनीको ८५ लाख ६९ हजार ५ कित्ता सेयर ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँमा कारोबार भयो।