शेयर बजार आज शुक्रवार पनि उच्च अङ्कले घटेको छ । बिहीवार ३८ दशमलव ६१ अङ्कले घटेको शेयर बजार आज पनि ३४ दशमलव ८५ अङ्कले घटेको छ । आज नेप्से दुई हजार एक सय १३ दशमलव ३० बिन्दुमा झरेको छ । म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, व्यापार, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओराले लागेको छ ।
शेयर बजार उच्च अङ्कले घटेको दिन दुई सय १३ वटा कम्पनीको ६४ लाख १६ हजार कित्ता शेयर दुई अर्ब ६२ करोड रुपैयाँमा कारोबार भएको छ ।