पछिल्लो २४ घण्टामा धादिङका थप १० जनामा कोरोना सँक्रमण भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार धुनिवेशी नगरपालिकामा ४, ज्वालामुखी गाउँपालिकामा ३ र गँगाजमुना गाउँपालिकामा ३ जना गरि १० जनामा कोरोना सँक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लाको सक्रिय केश ३७ पुगेको छ । सँक्रमित सबै होम आईसोलेशनमा रहेका छन् । यस्तै सोहि समयमा ५ जना कोरोना सँक्रमणमुक्त भएका छन् ।