ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. मा विमा गरेका धादिङको थाक्रे ११ महादेववेसी घर भएका विमित बद्री प्रसाद पौडेललाई घातक रोग बापत एक कार्यक्रमको बिच विमा दावी वापतको रकम भुक्तानी गरिएको छ । निजले २०७७ साल माघ महिनामा ज्योतिलाइफ इन्स्योरेन्समा विमा गरेको र हाल आएर निजलाई क्यान्सर निरुपण भएकोले कम्पनीका सेल्स हेड फर्सुराम मरासिनी, क्षेत्रीय प्रबन्धक जयराम ढुङ्गाना, त्रिशुली एरियाका कर्मचारी लगायत अभिकर्ताहरुको माझमा अभिकर्ता सम्मान तथा पुनर्ताजगी तालिमको अवसर पारी उक्त रकम हस्तान्तरण गरिएको हो ।
उक्त कार्यक्रममा क्षेत्रीय प्रबन्धक ढुङ्गानाले ज्योतिलाइफ इन्स्योरेन्सले नेपालकै पहिलो र सर्वाधिक ३५ किसिमका घातक रोग मध्ये कुनै एक रोग निरुपण भएमा अधिकतम ५० लाख सम्म विना विल भरपाई औषधी उपचार खर्च प्रदान गर्दै आईरहेको कुरा जानकारी गराउनुभएको छ । सो बमोजिम निजले पाँच लाखको विमा गरेको र निजलाई पाँच लाखमा करबापत लाग्ने रकम कट्टा गरी बाँकी रकम चेक मार्फत भुक्तानी गरिएको उहाँको भनाई छ ।
कार्यक्रममा दावी बापतको रकम प्राप्त गरे पश्चात बद्री प्रसाद पौडेलले आफुलाई घातक रोग लागेको र ज्योतिलाइफ इन्स्योरेन्समा विमा भएको कारणले औषधी उपचार खर्च पाएको हुँदा खुसी व्यक्त गर्दै विमा गर्नु आजको आवश्यकता हो र विमा गर्दा अन्य कम्पनी भन्दा सर्वाधिक सुविधा भएको कम्पनी हेरी आफ्नो अमूल्य जीवनको विमा गराई जीवन सुरक्षित बनाउनुहोला भनि ज्योतिलाइफमा विमा गराउन आग्रह समेत गर्नुभयो ।