शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङबेसीमा ज्योति लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा पुनर्ताजगी तालिम सम्पन्न

धादिङबेसीमा ज्योति लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा पुनर्ताजगी तालिम सम्पन्न

नागरिक पाटी

२८, श्रावण २०७९
  • 16.8K
    SHARES
  • धादिङबेसीमा ज्योति लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा पुनर्ताजगी तालिम सम्पन्न

    ज्योतिलाइफ इन्स्योरेन्स त्रिशुली एरियाले धादिङबेसीमा आयोजित बृहत कार्यक्रममा कम्पनीका एजेन्सीहरुलाई सम्मान तथा पुनर्ताजगी तालिमा सञ्चालन गरेको छ । उक्त कार्यक्रमा आ.व. २०७८/०७९ मा एरियाबाट आफ्नो कोडमा उत्कृष्ट व्यवसाय गर्ने अनिता लामिछाने, राजकुमार गर्तौला र प्रमिला सुवेदी साथै टिमबाट उत्कृष्ट व्यवसाय गर्नेमा सीता ढुङ्गाना, ईश्वरी अर्याल र रुपक खड्का लगायतका अन्य अभिकर्ताहरुलाई सम्मान गरिएको हो । यस्तै कम्पनीले बेला बखतमा ल्याएको विभिन्न स्किम उपहारहरु प्राप्त गर्न सफल भएका सम्पूर्ण अभिकर्ताहरुलाई पनि सम्मान गरेको छ ।

    images
    images

    कार्यक्रमा प्रमुख अतिथिको रुपमा कम्पनीका सेल्स हेड फर्सुराम मरासिनी रहनु भएको थियो भने अतिथिको रुपमा निर्जीवन विमा कम्पनी नेको इन्स्योरेन्स धादिङ शाखाका शाखा प्रमुख शालिकराम दुवाडीले पनि आफ्नो मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा त्रिशुली एरियाका क्षेत्रीय प्रबन्धक जयराम ढुङ्गानाले आ.व. २०७८÷०७९ को व्यवासायिक विश्लेषण गर्नुभएको थियो । करिब ८० जना अभिकर्ताको उपस्थिति रहेको उक्त कार्यक्रममा फर्सुराम मरासिनीको भावि योजना तथा रणनीतिको बारेमा जानकारी सहित प्रेरणात्मक विशेष प्रस्तुति रहेको थियो भने यस कार्यक्रमलाई धादिङ जिल्लाका शाखा प्रमुख जीवन सिलवालले सहजीकरण गर्नुभएको थियो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २८, २०७९ शनिवार - २१:२३:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology