आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालमा थप ८४८ जनामा कोरोना संक्रमण, ५२६ संक्रमण मुक्त

नेपालमा थप ८४८ जनामा कोरोना संक्रमण, ५२६ संक्रमण मुक्त

नागरिक पाटी

३१, श्रावण २०७९
  • 3.1K
    SHARES
  • नेपालमा थप ८४८ जनामा कोरोना संक्रमण, ५२६ संक्रमण मुक्त

    पछिल्लो २४ घण्टामा ८४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ५२६ जना सङ्क्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल पाँच हजार ६१९ कोरोना परीक्षण गर्दा ८४८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    images

    दुई हजार ७२२ पीसीआर परीक्षण गर्दा ३९९ र दुई हजार ८९७ एन्टिजेन परीक्षण गर्दा ४४९ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९९० पुगेको छ । पछिल्लो २४ घण्टामा ९० हजार ४४७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०७९ मंगलवार - १८:०५:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology