शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

स्थानिय

बेनिघाट रोराङको चोतेसमा स्वास्थ्य इकाईको स्थापना, स्थानिय हर्षित

बेनिघाट रोराङको चोतेसमा स्वास्थ्य इकाईको स्थापना, स्थानिय हर्षित

उद्धव चेपाङ

३, भाद्र २०७९
  • 5.4K
    SHARES
  • बेनिघाट रोराङको चोतेसमा स्वास्थ्य इकाईको स्थापना, स्थानिय हर्षित

    धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नम्वर २ को चोतसमा आधारभुत स्वास्थ्य इकाइ सञ्चालनमा आएको छ । आधारभुत स्वास्थ्य सेवाबाट समेत वन्चित रहेका दुर्गम वस्तिहरु होवाङ, पार्लाक, चोतेस, भाँजा, ब्रुस्वाङ र दुलदानीका समुदायलाई आधारभुत स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले स्वास्थ्य इकाई सञ्चालनमा ल्याईएको हो । स्वास्थ्य इकाइ उद्घाटनको अवसरमा घुम्ती स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो ।

    images
    images

    वेनिघाट रोराङ गाउँपालिका वडा नम्वर २ का अध्यक्ष हेमराज भुजेलको अध्यक्षतामा भएको स्वाथ्य इकाई उद्घाटन एवम् घुम्ती स्वास्थ्य शिविरमा गाउँपालिका अध्यक्ष विवेक थपलियाको प्रमुख आतिथ्यता रहेको थियो । यसै गरी कार्यक्रममा गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत भिष्म कुमार मल्ल, गाउँपालिका स्वास्थ्य शाखाका संयोजक शंकर बाबु दुवाडी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, स्वास्थ्य चौकी प्रमुखहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा १२५ जनाको सामान्य स्वास्थ्य परीक्षण गर्नुका साथै ३५ जनाको सुगर परीक्षण, ७ जनाको ग्रामिण भिडियो एक्सरे र ५० जना ५ बर्ष मुनिका बालबालिकाको पोषण अवस्था लेखाजोखा गरिएको थियो । ५० जना बालबालिकाको पोषण अवस्था लेखाजोखा गर्दा १० जना मध्यम कुपोषण र ५ जना शिघ्र कुपोषणमा परेको पहिचान भएको थियो ।

    chotesh 1.jpg

    स्वास्थ्य संस्था आएपछि स्थानीय समुदाय हर्षित भएका छन् । सामान्य विरामी हुँदा समेत ४ घण्टाको पैदल यात्रा गरी महादेवस्थान स्वास्थ्य चौकी उपचार गर्न आउनुपर्ने ब्रुस्वाङका चेपाङ समुदायको वाध्यता हटेको छ । गाउँमा आधारभुत स्वास्थ्य सेवा समेत नहुँदा सामान्य औषधि लिन समेत ४ घण्टाको बाटो धाएर जानुपर्ने बाध्यता थियो । बर्षातको समयमा विरामी परिहाले खोलाको बाटो हिँड्नुपर्ने भएकोले, खोलाले वगाउने हो कि रु पहिरोले पुरिने हो कि भन्ने डरै डरमा स्वास्थ्य जाुनपर्ने वाध्यता थियो अव त गाउँमै स्वास्थ्य सेवा पाउने भयौँ खुशीको सिमा नै छैन ब्रुस्वाङका सोमिलाल चेपाङले भन्नुभयो ।

    गर्भजाँच गराउन जसो तसो स्वास्थ्य संस्थामा जाने गरेको भए पनि संस्थागत सुत्केरी गराउन जानलाई समस्या थियो । घरमै सुत्केरी भएको भए पनि सुत्केरी भएकै दिन गाउँमा स्वास्थ्यकर्मी आएपछि चोतेसका १९ बर्षिय कल्पना चेपाङले सुत्केरी जाँच गराउनुभयो । सुत्केरी जाँच गारँउदा आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको थियो । चोतेस स्वास्थ्य इकाइमा एक जना अनमीले नियमित स्वास्थ्य सेवा प्रदान गर्ने बताइएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३, २०७९ शुक्रवार - १८:२२:०४ बजे

    उद्धव चेपाङ

    पत्रकार तथा सञ्चारकर्मी चेपाङ नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology