शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

हरर सर्ट फिल्म "द रुम" ओटिटि मार्फत रिलिज

हरर सर्ट फिल्म "द रुम" ओटिटि मार्फत रिलिज

नागरिक पाटी

५, भाद्र २०७९
  • 5.3K
    SHARES
  • हरर सर्ट फिल्म "द रुम" ओटिटि मार्फत रिलिज

    लघु चलचित्र "द रुम" सार्वजनिक गरिएको छ । उक्त चलचित्र ओटिटि प्लेटफर्म मार्फत सार्वजनिक भएको हो । सार्वजनिक उक्त लघु चलचित्रमा मिडियाकर्मी समेत रहेका बिष्णु ठकुरीको एकल अभिनय रहेको छ । छायांकन देखि चलचित्रको सम्पुर्ण काम पनि आफैँले गरेका हुन् ।

    images
    images

    हरर जनारामा निर्मित उक्त चलचित्रमा कोरोनको कारणले भएको लकडाउनले घरमा एक्लै केही नगरी बस्दा कमजोर भएको मानसिक अवस्था, मनमा फैलने अनेकौं डर, त्रास र भ्रम आदि कुराहरुलाई सिर्जनात्मक ढंगबाट देखाइएको बताईएको छ । उनले उक्त लघु चलचित्रलाई बिभिन्न राष्ट्रिय लघु चलचित्र महोत्सवहरुमा सहभागी गराइसकेका छन् ।

    उक्त लघु चलचित्र, आफ्नो टिम मेम्बर बजेटको अभाव आदि कारणले चलचित्र बनाउन चाहेर पनि बनाउन नसकिरहेका युवाहरुलाइ आफू एक्लै पनि चलचित्र बनाउन सकिन्छ, आफ्नो क्षमता देखाउन सकिन्छ, राम्रो कथामा बनाउन सकियो भने अन्तर्राष्ट्रिय स्तर सम्म आफ्नो चलचित्र पुर्याउन सकिन्छ भन्ने अभिप्रायले बनाइएको र युवाहरुलाइ यो लघु चलचित्र प्रेरणाको स्रोत बन्न सक्ने पनि ठकुरीको भनाई छ । तर आफुलाइ चलचित्र सम्बन्धि सम्पुर्ण कुराको थोरै थोरै भए पनि ज्ञान हुनुपर्ने उनको भनाइ छ ।

    आशिष मिडिया नेटवर्कको सहकार्यमा बनेको उक्त लघु चलचित्रका प्रस्तुत कर्ता ठकुरीले विभिन्न चलचित्र, टेलिचलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, बृत्तचित्र बिज्ञापन जस्ता थुप्रै भिडियोहरुमा काम गरि सकेका छन् ।

    कसरी हेर्ने चलचित्र ?

    चलचित्र MOMO - Music and Movies App. मार्फत रिलिज भएको छ । चलचित्र हेर्नको लागि Play Store मा गाइ MOMO - Music and Movies App Download गर्नुहोला । अथवा तलको link मा क्लिक गरि download गर्न सक्नुहुनेछ । Install MOMO App from link (Android, iOS) ➤ bit.ly/MOMO-APP

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७९ आइतवार - ०८:५६:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology