आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङ समाज जापान र धुनिबेशी नगरको संयुक्त लगानीमा ख वर्गको एम्बुलेन्स सञ्चालनमा

धादिङ समाज जापान र धुनिबेशी नगरको संयुक्त लगानीमा ख वर्गको एम्बुलेन्स सञ्चालनमा

शिवराज आचार्य

५, भाद्र २०७९
  • 8.5K
    SHARES
  • धादिङ समाज जापान र धुनिबेशी नगरको संयुक्त लगानीमा ख वर्गको एम्बुलेन्स सञ्चालनमा

    धादिङ । धादिङ समाज जापान,धुनिबेशी नगरपालिका र गैरआवाशीय नेपाली संघ जापनको सहयोगमा धुनिबेशी नगरपालिकामा आईतबारबाट (ख) वर्गको सुविधा युक्त एम्बुलेन्स सुचारु भएको छ ।

    images

    धादिङबाट जापान गईबसोबास गरेका र देशका अन्य विभिन्न भू-भागबाट जापानमा रहेका नेपाली नागरिकहरुको करिब १० लाख सहयोग र धुनिबेशी नगरपालिकाको करिब ९ लाख गरी कुल १९ लाख लागतमा खरिद गरिएको एम्बुलेन्स एक कार्यक्रका बीच गैरआवाशीय नेपाली संघ अन्तरद्धिप समन्वय परिषदका पूर्व अध्यक्ष तथा सिन्ज्ञोसिन रोटरी क्लब अफ टोकियोका रोटरीयन भवन भट्टले धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नु भएको हो ।

    IMG_5689.JPG

    एम्बुलेन्स हस्तानतरण कार्यक्रममा बोल्नु हुँदै पृर्व अध्यक्ष भट्टले आगामी दिनमा समेत विभिन्न किसिमका सहयोग गर्ने बताउनु भएको छ । उहाँले जापानका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले आफ्नो जन्मभूमिका लागि सकेको सहयोग गर्ने उद्देश्यका साथ खोलिएका संघ संस्थाको भूमिका नेपाली नागरिकहरुलाई सुख दुःखमा सहयोग गर्नु रहेको समेत बताउनु भएको छ ।

    त्यसै कार्यक्रममा बोल्नु हुँदै धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले धादिङ समाज जापान र गैरआवाशीय नेपाली संघ जापान, सिन्ज्ञोसिन रोटरी क्लब अफ टोकियोले गरेको सहयोगको लागि धन्यवाद सहित प्रशँसा गर्नु भएको छ । मेयर आचार्यले आगामी दिनमा समेत विभिन्न किसिमका सहयोग गर्न जापानमा रहेका गैर आवासिय नेपालीहरुलाई आग्रह गर्नु भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७९ आइतवार - १७:५७:५४ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology