सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्से परिसूचक ७.४१ अंकले घट्यो

नेप्से परिसूचक ७.४१ अंकले घट्यो

नागरिक पाटी

६, भाद्र २०७९
  • 3.5K
    SHARES
  • नेप्से परिसूचक ७.४१ अंकले घट्यो

    साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ। सोमबार नेप्से परिसूचक ७.४१ अंक घटेर २०५३.१३ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.४७ अंक, फ्लोट इन्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५६ अंक घटेको छ।

    images

    सोमबार कारोबारमा आएका २२२ कम्पनीको ५२ लाख ३० हजार कित्ता सेयर १ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

    सोमबार नेप्सेसँगै कारोबार रकम समेत गिरावट आएको छ। आइतबार २ अर्ब ४ करोड ७० लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

    सोमबार नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक नकारात्मक देखिएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ६, २०७९ सोमवार - १८:१४:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology