सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

इस्टर्न हाइड्रोपावरको आजदेखि आईपीओ बिक्री खुला

इस्टर्न हाइड्रोपावरको आजदेखि आईपीओ बिक्री खुला

नागरिक पाटी

७, भाद्र २०७९
  • 3.0K
    SHARES
  • इस्टर्न हाइड्रोपावरको आजदेखि आईपीओ बिक्री खुला

    इस्टर्न हाइड्रोपावरले मंगलबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले १ सय अंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई उक्त सेयर निष्कासन गरेको हो ।

    images

    स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा छिटोमा २१ भदौसम्म र ढिलोमा ५ असोजसम्म आईपीओ खुला रहनेछ ।

    रेटिङ एजेन्सी कियर नेपालले इस्टर्नको आइपीओलाई ‘कियर एनपी डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । यो आईपीओमा एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ७, २०७९ मंगलवार - १२:२९:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology