खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपिओ)मा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १ लाख ३२ हजार कित्ता आइपिओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले निष्काशन गर्ने कुल कित्तामध्ये २ हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याएको छ भने भने बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आइपिओका लागि न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको आइपिओमा छिटोमा भदौ १२ गतेसम्म र उक्त समयअवधिसम्म माग बमोजिम आवेदन नपरे भदौ २२ गतेसम्म आवेदन खुला रहनेछ ।
हाल कम्पनीको चुक्तापूँजी २ करोड ६८ लाख रुपैयाँ रहेको छ भने शेयर बाँडफाँट पश्चात् पूँजी ४ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।