गायिका जमुना आचार्यको मार्मिक तिजको कोशेली छोरीको गहना सार्वजनिक भएको छ । उक्त गित श्रीराज ईन्टरटेन्टमेन्ट नामको युटुव च्यानल मार्फत सार्वजनिक भएको हो । उक्त गितमा आचार्य सँगै देवनारायण मगर, बलराम के.सी र सुनिता सालोमीको आवाज रहेको छ ।
गितको भिडियोमा सञ्चिता बोलाखे, उत्तम अर्याल, मनिषा गुरुङ, राज पोखरेल र राज पाण्डे सहित बाल कलाकारहरुको अभिनय छ । राजिव बलामीको निर्देशन र गिरि विश्वकर्माको सह निर्देशन रहेको भिडियोलाई तुक छन्त्यालले खिचेका हुन् । क्यामेरामा छन्त्याललाई कुमार गजुरेलले सहयोग गरेका छन् ।
भिडियो हेर्नुहोस् ।