धादिङमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा गरिएको ७७ एन्टिजेन परिक्षणमा गजुरी गाउँपालिकामा १ र ज्वालामुखी गाउँपालिकामा १४ गरी जिल्लामा १५ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले बताएको छ ।
यस्तै जिल्लाका थप २३ कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । यो सँगै हाल सक्रिय संक्रमितको संख्या १३६ रहेको छ । संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।