धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। लगातार ओरालो लागिरहेको नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन पनि उस्तै रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार शुक्रबार नेप्से परिसूचक १६.९३ अंकले ओरालो लागेर दुई हजार २२.६२ अंकमा कायम भएको छ।
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७७ अंकले घटेर तीन सय ९१.७४ अंकमा झरेको छ। कुल दुई सय १३ कम्पनीका ३५ लाख ८८ हजार आठ सय ३३ कित्ता सेयर एक अर्ब २९ करोड ४८ लाख ३२ हजार आठ सय २० रुपैयाँमा खरिद–बिक्री भए।
शुक्रबारको कारोबारपछि बजार पुँजीकरण रु. २८ खर्ब ९८ अर्ब २६ करोड ६ लाख ४८ हजार एक सय १५ बराबर रहेको छ।