सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार घट्यो, १ हजार ९ सय ७३ विन्दु कायम

शेयर बजार घट्यो, १ हजार ९ सय ७३ विन्दु कायम

नागरिक पाटी

१५, भाद्र २०७९
  • 2.4K
    SHARES
  • शेयर बजार घट्यो, १ हजार ९ सय ७३  विन्दु कायम

    शेयर बजार बुधवार झन्डै २२ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ९७ अङ्कले घटेर एक हजार नौ सय ७३ दशमलव ३८ विन्दुमा झरेको छ ।

    images

    आज सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओेरालो लागेको छ ।

    नेप्से दोहोरो अङ्कले घटेको दिन दुई सय २४ वटा कम्पनीको २९ लाख ९२ हजार कित्ता शेयर एक अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड रुपैयाँको शेयर किनबेच भयो ।

    आज हिमालयन पावर पार्टनरको शेयर सबैभन्दा धेरै झन्डै सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आरबीबी म्युचल फन्ड १ र नेपाल इन्भेस्टमेन्ट बैंकको डिबेन्चर झन्डै दुई प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १५, २०७९ बुधवार - १५:२९:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology