आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा डेंगुका बिरामी बढ्दै, एकै दिन ११ जनामा डेंगु पुष्टि

धादिङमा डेंगुका बिरामी बढ्दै, एकै दिन ११ जनामा डेंगु पुष्टि

नागरिक पाटी

१६, भाद्र २०७९
  • 3.6K
    SHARES
  • धादिङमा डेंगुका बिरामी बढ्दै, एकै दिन ११ जनामा डेंगु पुष्टि

    धादिङ । यहाँ डेंगुका बिरामीको सङ्ख्या बढ्न थालेको छ। मङ्गलबार एकै दिनमात्र जिल्ला अस्पतालमा आएकामध्ये ११ बिरामीको डेंगु परीक्षणबाट पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालले बताए।

    images

    अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी बढीरहेको समयमा डेंगुका बिरामी पनि बढ्न थालेको हो। साउन र भदौसम्मको यस अवधिमा अस्पताल आएकामध्ये एक सय १४ जनाको डेंगुको पुष्टि भएको छ।

    पछिल्लो दिन पुष्टि भएका बाहेकको उपचार भइसकेको छभने ११ जनाको उपचार भइरहेको छ। डेंगु संक्रमित एक जनाको जिल्ला अस्पतालमै मृत्युसमेत भइसकेको छ। ज्वालामुखी गाउँपालिका–२ का ५६ वर्षिय रामचन्द्र श्रेष्ठको डेंगु संक्रमणपछि मृत्यु भएको थियो। रासस

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १६, २०७९ बिहिवार - १५:१६:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology