सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार सामान्य घट्यो

शेयर बजार सामान्य घट्यो

नागरिक पाटी

१६, भाद्र २०७९
  • 3.0K
    SHARES
  • शेयर बजार सामान्य घट्यो

    शेयर बजार आज बिहीवार सामान्य घटेको छ । हिजो बुधवार झन्डै २२ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १ दशमलव शून्य आठ अङ्कले घटेर एक हजार नौ सय ७२ दशमलव २९ विन्दुमा झरेको छ ।

    images

    आज बैंकिङ, व्यापार, उत्पादन, अन्य, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य घटेको छ । अरू समूहको शेयर सामान्य बढेको छ । यस्तै दुई सय २५ वटा कम्पनीको ३९ लाख ५५ हजार कित्ता शेयर एक अर्ब ३८ करोड ३४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज राप्ति हाइड्रो र गणपति लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको शेयर १० प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १६, २०७९ बिहिवार - १७:४३:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology