आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

थप २६९ जनामा कोरोना संक्रमण

थप २६९ जनामा कोरोना संक्रमण

नागरिक पाटी

१६, भाद्र २०७९
  • 3.1K
    SHARES
  • थप २६९ जनामा कोरोना संक्रमण

    पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५५७ जनाको परीक्षणमा २६९ जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७३२ जनाको पीसीआर परीक्षण गर्दा १८० जना र १ हजार ८२५ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार १५८ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २१५ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ३ हजार ४ जना होम आइसोलेसनमा रहेका छन् भने १५४ जना संस्थागत आइसोलेसन र ४६ जना आईसीयूमा छन् । यस्तै ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार २२७ पुगेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १६, २०७९ बिहिवार - १७:४६:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology