सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

असोजदेखि शेयर कारोबार शुक्रवार नहुने

असोजदेखि शेयर कारोबार शुक्रवार नहुने

नागरिक पाटी

१९, भाद्र २०७९
  • 2.7K
    SHARES
  • असोजदेखि शेयर कारोबार शुक्रवार नहुने

    आउँदो असोजदेखि शुक्रवार शेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्जको आइतवार बसेको सञ्चालक समितिको बैठकले असोजदेखि शुक्रवार शेयर कारोबार नगर्ने र हप्ताको पाँच दिनमात्रै बजार खुला रहने निर्णय गरेको हो ।

    images

    लगानीकर्ताको माग, नियामक निकायको सुझाव र नेप्सेको कारोबार प्रणालीको मर्मत गर्नुपर्ने भएकाले शुक्रवार सेयर कारोबार बन्द गर्ने निर्णय भएको नेप्सेले जनाएको छ । असोजदेखि पहिलेजस्तै आइतवारदेखि विहीवारसम्म पाँच दिनमात्रै शेयर कारोबार हुने भएको हो ।

    सरकारले शनिवार र आइतवार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि गएको जेठदेखि सोमवारदेखि शुक्रवारसम्म शेयर कारोबार गर्न थालिएको थियो । सरकारले दुई दिने बिदाको निर्णय खारेज गरे पनि नेप्सेले भने परीक्षणको रूपमा शुक्रवार दुई घण्टासहित हप्तामा ६ दिन बजार खुला राख्ने निर्णय गरेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १९, २०७९ आइतवार - १५:१५:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology