सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार साढे ६ अङ्कले बढ्यो

शेयर बजार साढे ६ अङ्कले बढ्यो

नागरिक पाटी

१९, भाद्र २०७९
  • 3.4K
    SHARES
  • शेयर बजार साढे ६ अङ्कले बढ्यो

    हप्ताको पहिलो दिन आइतवार शेयर बजार साढे ६ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय ७७ दशमलव ३० विन्दुमा पुगेको छ ।

    images

    आज बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, बीमा र लगानी समूहको शेयर सामान्य बढेको छ । यस्तै दुई सय २७ वटा कम्पनीको २८ लाख ७६ हजार कित्ता शेयर एक अर्ब सात करोड १६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रोपावर कम्पनीको आठ करोड ९१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज रुरु हाइड्रोको शेयर १० प्रतिशत तथा हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । सर्पोट लघुवित्त कम्पनीको शेयर भने झन्डै तीन प्रतिशतले घटेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १९, २०७९ आइतवार - १९:४४:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology