सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सिक्लेस हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

सिक्लेस हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

नागरिक पाटी

२१, भाद्र २०७९
  • 3.4K
    SHARES
  • सिक्लेस हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

    सिक्लेस हाइड्रोपावर लिमिटेडले बुधबारबाट आयोजना धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि धितोपत्रको सार्वजनिक निष्कासन गरेर अब सर्वसाधारणको लागि आवेदन माग गर्न लागेको हो ।

    images

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ५० लाख रुपैयाँको ११ लाख ५० हजार कित्ता सेयर सार्वजनिक निष्कासमा मार्फत बिक्री गर्न लागेको हो । जसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ । बाँकी रहेको १० लाख ५८ हजार कित्ता सेयरका लागि सार्वजनिक निष्कासन मार्फत आवेदन माग गर्ने तयारी गरेको हो ।

    कम्पनीको आईपीओमा छिटोमा २ भदौ र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भने आवेदन दिने अवधि १२ भदौसम्म थप हुनेछ । इच्छुक स्थानीय लगानीकर्ताले आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फत आवेदन दिन सक्नेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    कम्पनीले आइपीओ निष्कासनको लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २१, २०७९ मंगलवार - ११:२६:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology