पछिल्लो २४ घण्टामा दुई सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार चार सय एक जनाको नमुना परीक्षण गर्दा दुई सय २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यस्तै २४ घण्टामा एक सय ६८ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ७३ रहेको छ ।