सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

लगातार चौथो दिन पनि घट्यो शेयर बजार

लगातार चौथो दिन पनि घट्यो शेयर बजार

नागरिक पाटी

२३, भाद्र २०७९
  • 3.6K
    SHARES
  • लगातार चौथो दिन पनि घट्यो शेयर बजार

    लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से दुई दशमलव १३ अङ्कले घटेर एक हजार नौ सय ३७ दशमलव ७४ विन्दुमा झरको छ ।

    images

    आज बैंक, व्यापार, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचल फन्डको शेयर घटेको छ । अरू समूहको शेयर भने सामान्य बढेको छ ।

    आज दुई सय २७ वटा कम्पनीको ३४ लाख एक हजार कित्ता शेयर एक अर्ब चार करोड ४३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको १३ करोड १० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    नेप्से सूचक घटेको दिन सामुदायिक लघुवित्तको शेयर साढे ६ प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि ग्लोबल आईएमई लघुवित्तको शेयर साढे चार प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २३, २०७९ बिहिवार - १८:०३:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology