सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँड

श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँड

नागरिक पाटी

२७, भाद्र २०७९
  • 3.2K
    SHARES
  • श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँड

    श्रृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । भदौ १५ गतेदेखि १९ गतेसम्म आइपीओ बिक्री खुलाएको कम्पनीले आज बाँडफाँड गरेको हो । सेयर निष्कासक तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार ३६ हजार ८५९ जनाले कम्पनीको आइपीओ पाएका छन् । यस आईपीओमा १८ लाख ३८ हजार ७५१ जनाको आवेदन परेको थियो । जसमध्ये १ हजार ३१५ आवेदन रद्ध भएका थिए ।

    images

    कम्पनीले भदौ १५ देखि १९ गतेसम्मको अवधिमा प्रतिकित्ता १०० रुपैयाँ अंकित ३ लाख ९३ हजार ७५० कित्ता सेयर बिक्री खुलाएको थियो । जसमध्ये कर्मचारीलाई ५ हजार ४७० कित्ता र सामूहिक लगानी कोषलाई १९ हजार ६९० कित्ता सेयर छुट्याइएको थियो । बाँकी सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २७, २०७९ सोमवार - १२:२४:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology