आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

"तप -तप आँशु" मा कमल र ललना

"तप -तप आँशु" मा कमल र ललना

नागरिक पाटी

२७, भाद्र २०७९
  • 3.8K
    SHARES
  • "तप -तप आँशु" मा कमल र ललना

    गायक प्रमोद खरेलको स्वरमा रहेको तप तप आँशु बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । साहित्यकार, लेखक तथा कवि ममता मिश्रको शब्द सृजना रहेको प्रेम, रोमान्स र विरहले भरिएको गीतको भिडियोमा मर्मस्पर्शी प्रेमाभावलाई नजिकबाट केलाइएको छ ।

    images

    नविन कार्कीको संगीत रहेको छ । विगत ३ दशकदेखि अष्ट्रेलियामा रहँदै आएकी गीतकार मिश्रले यसपटकको आफ्नो सृजनालाई पनि अघिल्लो पटक झैँ हरेक प्रेमील जोडीले मन पराउने विश्वास व्यक्त गरिन् ।

    आफूलाई भन्दा बढी माया दिएकी प्रेमीकाले विशेष परिस्थितिका कारण धोका दिएर टाढिँदाको पललाई पछिल्लो पुस्ताका चर्चित निर्देशक केशव भट्टले कलात्मक शैलीले प्रस्तुत गरेका छन् । कोरियोग्राफीमा समेत राम्रो दक्खल राख्ने निर्देशक भट्टले तप तप आँशु बोलको गीतको भिडियोले हरेक प्रेमील जोडीको मन छुने बताए ।

    गीतकार मिश्रकै आफ्नै अफिसियल च्यानल ममता मिश्र अफिसियलबाट बजारमा ल्याएको गीतको गीतमा मोडलद्वय कमल सिंह र ललना चिमोरियाको लोभलाग्दो अभिनय देख्न सकिन्छ । गीतकार मिश्रका तिमीले चुमेको, म सागर थिए, लगायतका गीतहरु यसअघि नै बजारमा आइसकेका छन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा दिनसन शाहको सम्पादन र कलर रहेको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २७, २०७९ सोमवार - १२:३६:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology