सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सिक्लेस हाइड्रोपावरको आईपीओमा ७ लाख बढीको आवेदन

सिक्लेस हाइड्रोपावरको आईपीओमा ७ लाख बढीको आवेदन

नागरिक पाटी

३१, भाद्र २०७९
  • 3.3K
    SHARES
  • सिक्लेस हाइड्रोपावरको आईपीओमा ७ लाख बढीको आवेदन

    सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा ७ लाख बढीको आवेदन परेको छ । कम्पनीको आईपीओ बिहीबार साँझ ५ः०२ बजेसम्ममा ७ लाख ६ हजार ६४३ वटा आवेदनबाट ८० करोड ६६ लाख १४ हजार रुपैयाँ बराबरको ८० लाख ६६ हजार १४० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई निष्कासन गरेको १० लाख ५८ हजार कित्ता शेयरको ७.६२ गुणा बढी हुन आउँछ ।

    images

    कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता शेयरका लागि मात्रै आवेदन दिन सक्नेछन् ।

    लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकाले असोज २ गते सम्म मात्रै आवेदन दिन सकिनेछ ।

    कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३१, २०७९ शुक्रवार - ११:०४:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology