सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

घट्यो शेयर बजार

घट्यो शेयर बजार

नागरिक पाटी

३१, भाद्र २०७९
  • 2.5K
    SHARES
  • घट्यो शेयर बजार

    शेयर बजार आज शुक्रवार पनि घटेर राताम्मे भएको छ । हिजो बिहीवार ५७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव १० अङ्कले घटेर एक हजार नौ सय १० दशमलव ३८ विन्दुमा झरेको छ ।

    images

    आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन, माइक्रोफाइनान्स, बीमा, विकास बैंक, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज दुई सय २० वटा कम्पनीको २९ लाख १६ हजार कित्ता शेयर ९० करोड ८१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी पावर कम्पनीको चार करोड २३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज मिर्मिरे माइक्रोफाइनान्स, रिभर फल्स पावर कम्पनी र अपर सोलु हाइड्रोपावर कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि नवीन ब्यालेन्स फन्डको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३१, २०७९ शुक्रवार - १३:५९:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology