सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सेयर बजार परिसूचक ११ अंकले सुधार

सेयर बजार परिसूचक ११ अंकले सुधार

नागरिक पाटी

५, आश्विन २०७९
  • 2.7K
    SHARES
  • सेयर बजार परिसूचक ११ अंकले सुधार

    साताको सुरुवाती दुई दिन उल्लेख्य गिरावट देखिएको सेयर बजार बुधबार सुधार देखिएको छ । बुधबारको कारोबारमा सेयर बजार परिसूचक ११.२२ अंकले बढेको हो। साताको पहिलो कारोबारको दिन आइतबार तथा मंगलबारको कारोबारमा सेयर बजार ३४ तथा ३८ अंकले घटेको थियो।

    images

    ११ अंकले बजार सुधार हुँदा समग्र बजार परिसूचक १८४८.८२ अंकमा उक्लिएको छ। ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स २.०१ अंकले बढेर ३६०.८८ मा उक्लिएको छ।

    दोहोरो अंकले बजार बढ्दा १२ उपसमूहको सेयर मूल्य बढेको छ। १२ वटा उप समूह बढ्दा म्युचुअल फण्ड समूह भने ०.४४ प्रतिशतले घट्न पुगेको छ।

    बजार बढेपनि बुधबार कारोबार रकममा भने भारी गिरावट आएको छ । साताका अघिल्ला दुई कारोबारमा १ अर्ब माथि रहेको कारोबार बुधबार ७२ करोडमा झरेको छ । आज ७२ करोड १२ लाख ५९ हजार ८ सय ८४ रुपैयाँ बराबरको २५ लाख ३१ हजार ३ सय ७० कित्ता सेयर १९ हजार ८ सय ७९ पटकमा खरिद बिक्री भएको छ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ५, २०७९ बुधवार - १६:१०:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology