धादिङको गजुरी गाउँपालिकाको वडा नम्बर १ को गजुरी बजारमा बसले ठक्कर दिंदा एक जना वालकको घटना स्थलमै मृत्यु भएको छ ।काठमाण्डौँबाट गोरखाका लागि गुडेको ग १ ख ४५६५ नम्बरको यात्रुबाहक बसले जेब्राक्रसमा सडक पार गर्दै गरेका विद्यार्थी विजय परियारलाई ठक्कर दिएको थियो । आर्दश माध्यमिक विद्यालयमा अध्ययन गर्ने अन्दाजी ८/९ बर्षका उनको घटनास्थलमै मृत्यु भएको थियो ।
मृतक वालकको आफन्त र स्थानियले अहिले गजुरी बजारमा प्रदर्शन गरेका छन् । पृथ्वी राजमार्ग अहिले अवरुद्ध छ ।