आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नुवाकोटमा सौर्य ऊर्जाबाट २५ मेगावाट विद्युत् उत्पादन

नुवाकोटमा सौर्य ऊर्जाबाट २५ मेगावाट विद्युत् उत्पादन

नागरिक पाटी

७, आश्विन २०७९
  • 3.2K
    SHARES
  • नुवाकोटमा सौर्य ऊर्जाबाट २५ मेगावाट विद्युत् उत्पादन

    नुवाकोट । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको विदुर नगरपालिका–६ र १२ मा निर्माण गरेको सोलार प्लान्ट । ५ सय रोपनी क्षेत्रफलमा फैलिएको २५ मेगावाट क्षमताको यो प्लान्टबाट भदौ १० देखि उत्पादन थालिएको थियो । परीक्षण सफल भएपछि अहिले उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

    images

    देवीघाट जलविद्युत् केन्द्रले चर्चेको जग्गा, फोरवे चौर, रातोमाटे, कफी एरिया–१, केराघारी र राईगाउँमा प्लान्ट राखिएको छ । पछिल्लो पटक कफी एरिया–२ मा प्लान्ट बनेर उत्पादन सुरु भएपछि आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आएको हो ।

    अहिले २५ मेगावाट नै विद्युत् उत्पादन भइरहेको र उत्पादित विद्युत् देवीघाट विद्युत् गृहको सबस्टेसनमा जोडेर राष्ट्रिय प्रणालीमा प्रवाह गरिएको सोलार प्लान्ट आयोजनाका प्रमुख विकासबहादुर रघुवंशीले बताए । ‘सोलार प्लान्टका ६ वटै ब्लकबाट दिनमा सरदर ५ घण्टासम्म विद्युत् उत्पादन भइरहेको छ, राम्रोसँग घाम लागेमा १ लाख युनिटसम्म विद्युत् उत्पादन हुन्छ,’ उनले भने ।

    विश्व बैंकको सहुलियत ऋणमा निर्मित आयोजनामा करिब ४ अर्ब रुपैयाँ खर्च भएको छ । आयोजना चीनको राइसेन इनर्जी कम्पनीले निर्माण गरेको हो । तर, २०७४ जेठ ३ मा सम्झौता गरे पनि राइसेनले २०७६ कात्तिकदेखि मात्र काम थालेकाले समयमै पूरा हुन सकेको थिएन । पटक–पटक म्याद थप गरिएपछि अहिले बल्ल उत्पादन सुरु भएको हो । कान्तिपुर दैनिकमा खबर छ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ७, २०७९ शुक्रवार - ०८:२२:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology