आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

राजनीतिमा आउँदै गरेका महिला र दलित महिला उम्मेदवार आतंकित

राजनीतिमा आउँदै गरेका महिला र दलित महिला उम्मेदवार आतंकित

नागरिक पाटी

७, आश्विन २०७९
  • 4.9K
    SHARES
  • राजनीतिमा आउँदै गरेका महिला र दलित महिला उम्मेदवार आतंकित

    सानालाई ऐन ठूलालाई चैन’ भन्ने उखान राज्यका निर्णयहरूले बरोबर चरितार्थ गरिरहन्छन् । पछिल्लो उदाहरण बनेको छ– चुनावमा भएको खर्च विवरण समयमै नबुझाउने स्थानीय तहका उम्मेदवारमाथि निर्वाचन आयोगले गरेको कारबाही ।

    images

    ‘सानालाई ऐन ठूलालाई चैन’ भन्ने उखान राज्यका निर्णयले बरोबर चरितार्थ गरिरहन्छन् । पछिल्लो उदाहरण बनेको छ– चुनावमा भएको खर्च विवरण एक महिनाभित्र नबुझाउने स्थानीय तहका उम्मेदवारमाथि निर्वाचन आयोगले गरेको कारबाही ।

    महानगरपालिका, नगरपालिका र गाउँ पालिकाका प्रमुख/उप्रप्रमुखदेखि महिला सदस्य र दलित महिला सदस्यसम्मका १ लाख २३ हजार ६ सय ५१ उम्मेदवारलाई आयोगले कम्तीमा डेढ लाखदेखि बढीमा ७ लाख ५० हजार रुपैयाँसम्म जरिवाना तोकेको छ । ६ महिनाभित्र जरिवाना नतिर्नेलाई तीन पुस्तेसहित कालोसूचीमा राखिनेछ, उनीहरू आगामी ६ वर्षसम्म चुनावमा उठ्न पाउने छैनन् र अहिले चुनाव जितेकाहरूको पनि पद खारेज हुनेछ ।

    ७ सय ५३ पालिकामा चुनाव लडेका १ लाख ४५ हजार १३ उम्मेदवारमध्ये समयमै विवरण बुझाउने १५ प्रतिशत छन् । ढिलो बुझाउने ६ प्रतिशत छन् भने नबुझाउने ७९ प्रतिशत । १ लाख २३ हजार उम्मेदवारले समयमा विवरण बुझाउन नसक्नुले राजनीतिक जागरण, शैक्षिक चेतना र निर्वाचन शिक्षालाई उजागर गर्छ । कान्तिपुर दैनिकमा खबर छ । 

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ७, २०७९ शुक्रवार - ०८:२६:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology