सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

लगातार तेस्रो दिन पनि शेयर बजार बढ्यो

लगातार तेस्रो दिन पनि शेयर बजार बढ्यो

नागरिक पाटी

१३, आश्विन २०७९
  • 3.2K
    SHARES
  • लगातार तेस्रो दिन पनि शेयर बजार बढ्यो

    शेयर बजार लगातार तेस्रो दिन बिहीवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ७६ विन्दुमा पुगेको छ ।

    images

    आज जीवन बीमाबाहेक सबै समूहको शेयर बढेकोमा माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ । कारोबार रकम हिजोको तुलनामा सामान्य बढेको छ । हिजो ४८ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय २३ वटा कम्पनीका १७ लाख ९१ हजार कित्ता शेयर ६३ करोड २४ लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै नेपाल इन्सुरेन्स कर्पोरेशनको प्रमोटर शेयर चार करोड ४८ लाख रुपैयाँमा किनबेच भयो ।

    आज अभियान लघुवित्तको शेयर १० प्रतिशत तथा गुराँस लघुवित्त, समिट लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त र एनआईबीएल ब्यालेन्स फन्डको शेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ । साम्लिङ पावर कम्पनीको शेयर भने झन्डै आठ प्रतिशतले घटेको छ । 

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १३, २०७९ बिहिवार - १८:००:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology