सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

इस्टर्न हाइड्रोपावरले असोज २८ गतेदेखि आईपीओ जारी गर्ने

इस्टर्न हाइड्रोपावरले असोज २८ गतेदेखि आईपीओ जारी गर्ने

नागरिक पाटी

१४, आश्विन २०७९
  • 3.0K
    SHARES
  • इस्टर्न हाइड्रोपावरले असोज २८ गतेदेखि आईपीओ जारी गर्ने

    इस्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि पौने ७ करोड मूल्यको प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्काशन खुला गर्ने भएको छ ।कम्पनीले स्थानीय बासिन्दालाई बिक्री खुला गरेको ५० हजार ३१० कित्ता समेत कुल ६ लाख ७० हजार ३१० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

    images

    कूल निष्काशनमा आउने ६ लाख ७० हजार ३१० कित्ता सेयरमध्ये ३३ हजार ५१५ कित्ता सामुहिक लगानी कोष र १३ हजार ४०६ कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकी रहेको ६ लाख २३ हजार ३८९ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका–२०७४ बमोजिम सर्वसाधारणका लागि छुट्याइएको उक्त कम्पनीको सेयर ६२ हजार ३२९ जनाले १०–१० कित्ता र ९ जनाले ११–११ कित्ताका दरले पाउनेछन् ।

    बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सर्वसाधारण लगानीकर्ताले कात्तिक १ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले मेरो सेयर मोबाइल एप, मेरो सेयर वेबसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सि आस्वा सदस्यता प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १४, २०७९ शुक्रवार - ०८:४४:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology