सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार ११ अङ्कले बढ्यो

शेयर बजार ११ अङ्कले बढ्यो

नागरिक पाटी

२६, आश्विन २०७९
  • 2.5K
    SHARES
  • शेयर बजार ११ अङ्कले बढ्यो

    सोमवार र मङ्गलवार दोहोरो अङ्कले घटेको शेयर बजार बुधवार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ३२ विन्दुले बढेर एक हजार आठ सय ६६ दशमलव ४८ विन्दुमा पुगेको छ ।

    images

    व्यापार र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । दुई सय २२ वटा कम्पनीको २० लाख ८५ हजार कित्ता शेयर ६९ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको दुई करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    अभियान लघुवित्तको शेयर १० प्रतिशत तथा प्रोग्रेसिभ फाइनान्स र माहुली लघुवित्तको शेयर साढे पाँच प्रतिशतले बढेको छ । एभरेस्ट बैंकको प्रमोटर शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २६, २०७९ बुधवार - १७:५१:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology