सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार सामान्य घट्यो

शेयर बजार सामान्य घट्यो

नागरिक पाटी

३, कार्तिक २०७९
  • 2.3K
    SHARES
  • शेयर बजार सामान्य घट्यो

    हिजो बुधवार दोहोरो अङ्कले घटेको शेयर बजार आज बिहीवार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ३८ अङ्कले घटेर एक हजार आठ सय ४४ दशमलव १४ विन्दुमा झरेको छ ।

    images

    आज व्यापार, विकास बैंक र लगानीबाहेक अरू समूहको शेयर सामान्य घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । दुई सय २१ वटा कम्पनीको १५ लाख ४६ हजार कित्ता शेयर ५० करोड ७६ लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै अभियान लघुवित्तको तीन करोड ६९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सेन्चुरी डिबेन्चर र सामुदायिक लघुवित्तको शेयर साढे सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि सयपत्री हाइड्रो पावरको शेयर १० प्रतिशत तथा विन्ध्यवासिनी हाइड्रो र विशाल बजार कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ३, २०७९ बिहिवार - १६:०९:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology