आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सयपत्री फूलका मालाको आयातमा रोक

सयपत्री फूलका मालाको आयातमा रोक

नागरिक पाटी

५, कार्तिक २०७९
  • 4.0K
    SHARES
  • सयपत्री फूलका मालाको आयातमा रोक

    सयपत्री मालाको आयातमा प्रतिबन्ध लगाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सयपत्री फूलका मालाको आयातमा रोक लगाएको हो । केन्द्रले माला आयातका लागि अनुमति दिन बन्द गरेको छ ।

    images

    फ्लोरिकल्चर एसोसिएसन नेपालको प्रस्तावमा आयातमा रोक लगाइएको बताइएको छ । व्यवसायीले आवश्यकताभन्दा धेरै माला आयात गर्न थालेपछि आयातमा रोक लगाइएको हो । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले व्यवसायीले अस्वाभाविक रूपमा आयात गर्न थालेपछि बजारमा स्वदेशी मालाले मूूल्य नपाउने हुँदा आयातमा रोक लगाउन प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो ।

    “तिहारलाई अपुग हुने माला एक हप्ताअघि नै आयात भइसकेको छ । थप आयात नहोस् भनेर आयातमा रोक लगाइएको हो,” उहाँले भन्नुभयो । फूलमा मुलुक आत्मनिर्भर भए पनि तिहारका बेला बढी खपत हुने हुँदा सयपत्रीको तीन लाख माला अपुग हुने उहाँले जानकारी दिनुभयो ।

    स्वदेशी उत्पादनले तिहारमा ९० प्रतिशत बजार माग धान्ने र १० प्रतिशत आयात गर्नुपरेको उहाँले जानकारी दिनुभयो ।

    एसोसिएसनका अनुसार यसपालि तिहारमा २४ लाख ४५ हजार माला खपत हुने अनुमान गरिएको छ । जसमा २० लाख सयपत्री, चार लाख २५ हजार मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने अनुमान गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ५, २०७९ शनिवार - ०७:३२:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology