शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुगम, मेलिना र सुनिलले जापानका दर्शक श्रोतालाई नचाउँदै

सुगम, मेलिना र सुनिलले जापानका दर्शक श्रोतालाई नचाउँदै

नागरिक पाटी

१३, कार्तिक २०७९
  • 3.7K
    SHARES
  • सुगम, मेलिना र सुनिलले जापानका दर्शक श्रोतालाई नचाउँदै

    २ बर्ष कोभिडका कारण सांगीतिक कार्यक्रमहरु नहुँदा कलाकारहरु फुर्सदमा थिए। अहिले कोभिडको जोखिम सकिए संगै गायक तथा कलाकारहरु देश तथा बिदेशमा हुने विभिन्न कार्यक्रमहरुमा व्यस्त हुने क्रम बढेको छ। नयाँ वर्षको अवसर पारेर जापानमा हुन लागेको नयाँ बर्ष धमाका सांगीतिक कार्यक्रममा सुगम पोखरेल,मेलिना राई र सुनिल सिंह ठकुरीले दर्शकलाई मनोरंजन दिने छन्।

    images
    images

    कर्णालीमा निशुल्क स्वास्थ्य शिविर गर्ने उदेश्यका साथ संचालन हुन लागेको सांगीतिक कार्यक्रम जापानका बिभिन्न ६ वटा शहरमा हुनेछन्। लाइफ फर फ्रेन्ड्स नामक संस्थाले आयोजना गर्न लागेको कार्यक्रम डिसेम्बर २५ का दिन जापानको टोकियो शहरमा हुनेछ। कार्यक्रम जापानका ठुला शहरहरु टोकियो,ओशाका, नागोया,फुकोउका, ओकिनवा, सिजोउका,सेन्दाई लगाएतका शहरमा हुदैछ। टोकियोमा डिसेम्बर २५ तारिख आइतवारको दिन रोपंगी जेस नाइट क्लबमा हुनेछ।

    कार्यक्रमका आयोजक खिम राज शाहका अनुसार कार्यक्रमबाट संकलित रकम कर्णालीका जनताको स्वास्थ्यमा खर्च गरिने छ। लामो समय देखि जापान बस्दै आएका शाहको समुहले जापानमा थुप्रै कार्यक्रमको आयोजना गरि सकेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १३, २०७९ आइतवार - ०९:१८:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology