सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

इष्टर्न हाइड्रोपावरको आइपिओ बाँडफाँट

इष्टर्न हाइड्रोपावरको आइपिओ बाँडफाँट

नागरिक पाटी

१७, कार्तिक २०७९
  • 3.2K
    SHARES
  • इष्टर्न हाइड्रोपावरको आइपिओ बाँडफाँट

    इष्टर्न हाइड्रोपावरको आइपिओ बिहीबार बिहान बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ६२ हजार ५१९ जनाले १० कित्ताको दरले सेयर पाएका छन् भने १२ लाख ९५ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ।

    images

    उक्त आइपिओमा कुल १३ लाख ५८ हजार २२० जनाले आवेदन दिएकोमा १ हजार ९९६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ।

    कम्पनीले असोज २८ गतेबाट कात्तिक २ गतेसम्म उक्त आइपिओ बिक्री गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ७० हजार ३१० कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेको थियो।

    कुल कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् ३३ हजार ५१५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात् १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको कम्पनीले बताएको छ।

    कर्मचारीलाई छुट्याइएको मध्ये १ हजार ८०१ कित्ताको लागि आवेदन नपरेपछि सो समेत जोडेर सर्वसाधारणमा कुल ६ लाख २५ हजार १९० कित्ता सेयर बाँडफाँट गरेको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

    लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडीएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १७, २०७९ बिहिवार - १०:४८:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology