सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

लगातार बढेको नेप्से बिहिबार दोहोरो अङ्कले घट्यो

लगातार बढेको नेप्से बिहिबार दोहोरो अङ्कले घट्यो

नागरिक पाटी

१७, कार्तिक २०७९
  • 2.9K
    SHARES
  • लगातार बढेको नेप्से बिहिबार दोहोरो अङ्कले घट्यो

    लगातार तीन दिनसम्म बढेको शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय २२ दशमलव १६ विन्दुमा झरेको छ ।

    images

    बीमा समूहबाहेक सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटेसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय २० वटा कम्पनीको २७ लाख ६७ हजार कित्ता शेयर ८९ करोड ८९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एभरेस्ट बैंकको चार करोड रुपैयाँको शेयर किनबेच भयो ।

    आज विन नेपाल लघुवित्त, मन्दाकिनी हाइड्रो, मैलुङखोला जलविद्युत् र ग्लोबल आईएमई ब्यालेन्स फन्डको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज युनिलिभर नेपालको शेयर साढे ६ प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १७, २०७९ बिहिवार - १५:५०:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology