शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाहा नगरको धार्मिक तथा प्राकृतिक सम्पदाको फोटो प्रदर्शनी

थाहा नगरको धार्मिक तथा प्राकृतिक सम्पदाको फोटो प्रदर्शनी

नागरिक पाटी

१८, कार्तिक २०७९
  • 6.8K
    SHARES
  • थाहा नगरको धार्मिक तथा प्राकृतिक सम्पदाको फोटो प्रदर्शनी

    काठमाडौँ। थाहा नगरपालिकाको पर्यटकीय धार्मिक तथा प्राकृतिक सम्पदाको फोटो प्रदर्शनीको आयोजना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शुक्रबार सो प्रदर्शनीको उद्घाटन गर्नुभयो ।

    images
    images

    मन्त्री श्रेष्ठले पर्यटन क्षेत्र भनेको हिमाल मात्र होइन, नेपालका प्राकृतिक, धार्मिक लगायत यहाँको जनजीवन, खानाका परिकार समेतको माध्यमबाट पर्यटकलाई आकर्षण गर्न सकिने कुराको मनन् गर्नुपर्ने उहाँले बताउनुभयो । मन्त्रालयले ७३ बुँदे कार्यक्रम नै घोषणा गरेर काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

    thaha 1.jpg

    मन्त्री श्रेष्ठले थाहा नगरपालिकाले आफ्नो क्षेत्रमा भएका विविध सम्पदाको फोटो सङ्कलन गरी त्यसको प्रदर्शनीमार्फत अन्यलाई जानकारी दिने प्रयास सह्रानीय रहेको बताउनुभयो । नेपाल सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई पर्यटन दशकका रूपमा घोषणा गर्ने लक्ष्य राखेको समेत उहाँको भनाइ छ ।

    सो अवसरमा थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले नगरपालिका प्राकृतिक सौन्दर्यको दृष्टिले सम्पन्न रहेको र नगरपालिका भित्रका महत्त्वपूर्ण सम्पदाको फोटो सार्वजनिक गर्न प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो ।

    राजधानीबाट नजिक रहेको प्राकृतिक सम्पदायुक्त थाहा नगरपालिकाको भ्रमणका लागि आग्रह गर्दै प्रमुख विष्टले नगरपालिकाको विकास नै पर्यटनमार्फत गर्न सकिने सम्भावनालाई मूर्तरूप दिने प्रयास भइरहेको बताउनुभयो ।

    थाहा पर्यटन फोटो प्रदर्शनी कार्यक्रममा संयोजक इन्द्रबहादुर श्रेष्ठले पर्यटनका लागि नजिकको गन्तव्य थाहा नगरपालिका भ्रमणका लागि आउन फोटोहरूले प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । तीन दिनसम्म चल्ने प्रदर्शनीमा राखिएका थाहा नगरपालिकाका ६३ वटा फोटोहरू राखिएका छन् । तस्बिर गणेश विष्टले खिच्नुभएको हो ।

    थाहा नगरपालिकाका कुन्छाल गाउँ, पाण्डुकेश्वर मन्दिर, इन्द्रायणी माई, ऋषेश्वर, कालीदेवी, वज्रवाराही माई, डाँडाबास पार्क, बथानचुली दरबारको भग्नावशेष, अशोक चैत्य, चम्पाकेश्वर, नर्वे ढुङ्गा र पोखरी चौर लगायत १२ वटा वडास्थित सम्पदाको फोटो प्रदर्शनीमा राखिएका छन् । गोरखापत्र अनलाईबाट

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १८, २०७९ शुक्रवार - १६:४६:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology