शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

फिल्मबाट निकालिइन् दिशा पटानी

फिल्मबाट निकालिइन् दिशा पटानी

नागरिक पाटी

२४, कार्तिक २०७९
  • 2.9K
    SHARES
  • फिल्मबाट निकालिइन् दिशा पटानी

    विगत ६ वर्षयता बलिउडमा अभिनेत्री दिशा पटानीले ठूला व्यानरका फिल्ममा काम त गरिन्, तर आफूलाई पहिचान दिने खालको भूमिकामा अभिनय गर्न पाइनन् । अभिनेता टाइगर श्राफसँगको प्रेम र सामाजिक सञ्जालमा रंगीन उत्तेजक तस्वीर पोस्ट गरेर चर्चामा आइन् ।

    images
    images

    उनको पछिल्लो फिल्म ‘राधे’ र ‘एक भिलेन रिटर्नस’ बक्सअफिसमा कमजोर साबित भयो । हालका दिनमा हिन्दी फिल्मको बक्स अफिस कमजोर बन्दै गएको छ । बलिउडमा साउथको दबदबाले जोकोही बलिउडका कलाकार साउथमा भूमिकाको खोजीमा छन् । दिशाले पनि साउथमा एक–दुईवटा फिल्म पाएकी छन् । तर यो बहानामा उनले बलिउडको एक ठूलो फिल्म गुमाउनु परेको छ ।

    निर्माता एकता कपुरले उनलाई होम प्रोडक्सन फिल्म ‘केटिना’ बाट निकालेकी छन् । दिशाले सन् २०१९ मा फिल्मका लागि हस्ताक्षर गरेकी थिइन् । फिल्मको सुटिङ कोरोनाअघि नै सुरु भएको थियो । यो फिल्मका लागि दिशाले ८ दिनको सुटिङ गरेकी थिइन् । तर कोरोना सुरु भएपछि फिल्मको काम रोकियो । एजेन्सी

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २४, २०७९ बिहिवार - १२:४४:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology