सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

लगातार चौथो दिन पनि शेयर बजार घटेर राताम्मे

लगातार चौथो दिन पनि शेयर बजार घटेर राताम्मे

नागरिक पाटी

२४, कार्तिक २०७९
  • 3.0K
    SHARES
  • लगातार चौथो दिन पनि शेयर बजार घटेर राताम्मे

    लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ५२ अङ्कले घटेर एक हजार आठ सय ९३ दशमलव ७० विन्दुमा झरेको छ ।

    images

    आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २६ वटा कम्पनीको ३१ लाख १४ हजार कित्ता शेयर एक अर्ब ११ करोड ९४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर सात प्रतिशत तथा किसान लघुवित्त, पञ्चकन्यामाई हाइड्रो, गुहेश्वरी मर्चेन्ट फाइनान्स, इमर्जिङ नेपाल र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको शेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि मन्दाकिनी हाइड्रो कम्पनीको शेयर झन्डै चार प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २४, २०७९ बिहिवार - १७:४४:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology