सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सान्जेन जलविद्युतको साधरण शेयर बाँडफाँड

सान्जेन जलविद्युतको साधरण शेयर बाँडफाँड

नागरिक पाटी

२९, कार्तिक २०७९
  • 3.6K
    SHARES
  • सान्जेन जलविद्युतको साधरण शेयर बाँडफाँड

    काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) बाँडफाँड गरिएको छ । रसुवास्थित आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि निष्काशन गरिएको आईपीओ मंगलबार बाँडफाड गरिएको हो ।

    images

    नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्व र सन्राइज क्यापिटल लिमिटेडको एनएमबि क्यापिटलको सह निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन गरिएको थियो । कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अङ्कित दरको ३६ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई खुला गरिएको थियो । उक्त आईपीओको लागि २८ हजार ६०८ जना आवेदकहरुबाट जम्मा ५६ लाख ७९ हजार ८७० कित्ताको लागि आवेदन परेको थियो ।

    आयोजनाका अति प्रभावित आमाछोदीङ्गमो गाउँपालिका वडा नं.५ मा ९ लाख ४९ हजार २८० कित्ता शेयर बाँडफाँड गरिएको छ । त्यस्तै, प्रभावित आमाछोदीङ्गमो गाउँपालिका वडा नं.४ गोल्जुङ्गमा ३ लाख ७४ हजार ९२६ कित्ता, सामान्य प्रभावित आमाछोदीङ्गमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ मा ४ लाख ६ हजार ९५५ कित्ता शेयर र न्युन प्रभावित बाँकि सम्पूर्ण जिल्लाबासीहरुलाई १९ लाख १८ हजार ७०८ कित्ता शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २९, २०७९ मंगलवार - १६:०१:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology